नियम ३७
कानून व्यवसाय गर्न सक्ने
सेवा शर्तस“ग सम्बन्धित प्रचलित कानूनको अधीनमा रही सरकारी वकीलले आफ्नो व्यावसायिक दक्षता अभिवृद्धि गर्न नेपाल सरकारको हक, हितमा प्रचलित असर नपर्ने गरी तथा निजको कार्यालयको काममा बाधा नपुग्ने गरी महान्यायाधिवक्ताको स्वीकृति लिई नेपाल सरकारको स्वामित्व भएको कुनै सङ्गठित संस्थामा कानून व्यवसाय गर्न, त्यस्तो संगठित संस्थाको तर्फबाट वहस पैरवी गर्न, कुनै स्थानीय निकायको कानूनी सल्लाहकार हुन वा कुनै शैक्षिक वा प्राज्ञिक संस्थामा अध्यापन, अनुसन्धान, अन्वेषण एवं प्रशिक्षण गर्न सक्नेछ ।